दमक/शहीद दिवसका अवसर पारेर बुधबार झापाको दमकमा आयोजना गरिएको रक्तदानमा ६१ पिन्ट रगत संकलन भएको छ ।

मेची मदिरा व्यवसायी संघ माइपश्चिम क्षेत्रीय समिति दमकले दमकको गणतन्त्र चौंकमा आयोजना गरेको रक्तदानमा ८ महिला सहित ६१ जनाले रगतदान गरेको संघका अध्यक्ष प्रेम पाण्डेले वताए । रक्तदानमा दमक जेसीजका अध्यक्ष भिमराज केसी, दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाई, दमकका व्यवसायी दम्पत्ती कृष्ण ,सानु बस्नेत,व्यवसायीहरु, सर्वसाधारणहरुले रगतदान गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शहिदहरुको सम्झनामा अघिल्ला वर्षझै यसपटक पनि दिवसका अवसर पारेर रगतको अभाव हुन नदिन रक्तदान गरिएको अध्यक्ष पाण्डेले वताए । दमक नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यता तथा मदिरा व्यवसायी महासंघका केन्द्रयि सदस्य भरत चम्लागाईको विशिष्ठ आतिथ्यतामा भएको सो कार्यक्रम भएको हो ।

रक्तदाताहरुलाई प्रमाणपत्रसहित मायाको चिनो समेत प्रदान गरिएको रक्तदान कार्यक्रमका संयोजक विष्णु सुब्बाले जानकारी दिए । रक्तदान रेडक्रस दमकको प्राविधिक सहयोगमा भएको थियो ।

मंगलवार पनि सोहि स्थानमा लायन्स क्लव अफ दमक सेविकाको आयोजनामा भएको रक्तदानमा ५० पिन्ट रगत संकलन भएको थियो ।