विराटचोक । सोमबाट टिपरको ठक्करबाट ज्यान गुमाएकी ११ बर्षिया बालिका लक्ष्मी ढकालको अन्तिम संस्कारमा उनका बुबाआमा सहभागी भएनन् । आमाबाबु नआएपछि सुन्दरहरैँचा–९ का लेखनाथ ढकालले मंगलबार दिवङ्गत भतिजी लक्ष्मीको अन्तिम संस्कार गरेका छन । सोमबार लक्ष्मीको मृत्यु भएसँगै ढकाल परिवार मात्र नभएर सिंगो गाँउ शोकमा डुबेको छ । मृतकका बुबा चुडामणि ढकाल र बुहारी सबिता बीच वर्षौँदेखि खटपट हुन थालेपछि लक्ष्मीको अभिभावकत्व लेखनाथले आफै लिएका थिए । भाइ र बुहारी अलग भएको लामो समयपछि गत शनिबार सविताले फोन गरेर आफुले अर्कै ब्यबहार गरेको र आफुलाई नखोज्नु भनेकी थिईन ।

उनको फोन आउँदा चुडामणी घाइते भएको केही दिन भएकोे थियो । ‘भाइको नियमित रक्सी खाने खराब लतले परिवारमा विचलन आयो ।’ सवारी दुर्घटनमा परेका भाइले औषधीको सट्टा बढी रक्सी पिएपछि थप शिथिल बनेको दाई लेखनाथ गुनासो गर्छन । भाईलाई विराटनगरस्थित नोबेल मेडिकल अस्पताल लग्ने तयारी हुँदाहुँदै लक्ष्मीको दुर्घटना भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लक्ष्मीका बुबालाई थप व्यथाले च्यापेपछि सडकमा ढलेकी छोरी छाडेर आफ्नो उपचारका लागि चुडामणि अस्पताल पुगेका थिए । बिरामी भएकै कारण उनी मङ्गलबार छोरीको अन्तिम संस्कारमा आउन सकेनन् । न त अन्तै बिहे गरेकी आमा नै छोरीको अन्तिम संस्कारमा आईन । चिकित्सकले चुडामणीलाई दिल्ली लग्न सके मात्र बाँच्ने बताएका छन् । तर, ग्यारेन्टी गरेका छैनन् । भाइले रक्सी नपिदिएको भए परिवार हाँसीखुशी बस्थ्यो । दाईले गुनासो गरे आज यस्तो बज्रपात पो पर्दैन थियो की ? लक्ष्मीको मृत्यु सँगै सिंगो गााउ यतिबेला शोकमा डुबेको छ । पुर्बेली न्यूज बाट साभार