दमक/झापाको दमकमा तेश्रो फूड फेस्टिवल शुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बिहिबार एक कार्यक्रमबीच फूड फेस्टिवलको उद्घाटन गरेकाहुन् । होटल ब्यवसायि संघ क्षेत्रिय समितिको आयोजनामा शुरु भएको फूड फेस्टिवलमा ५० भन्दा बढि स्टलहरु रहेकाछन् । फेस्टिवलको उद्घाटन गर्दै खत्रीले यस प्रकारका कार्यक्रमहरुले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने बताए । होटल ब्यवसायि संघ दमकका अध्यक्ष राजन दंगालका अनुसार २५ देखि ३० लाखको कारोबार हुने र ३० हजारले अवलोकन गर्ने लक्ष्य लिइएको छ । प्रत्येक बर्ष लाग्दै आएको फेस्टिवलभन्दा यो ब्यवस्थित र तयारीका साथ गरिएको समेत दंगालले बताए । फेस्टिवल मूल संयोजक सुधिर प्रधानका अनुसार फूडफेस्टिवलसंगै सास्कृतिक कार्यक्रमहरु समेत गरिने छ ।. दमकको आन्तरिक पर्यटनको प्रवद्र्धनसंगै यहाँका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने पनि आफूहरुको उदेश्य रहेको उनको भनाइ रहेको छ । दमकका आकाशेपूल नजिकै महोत्सवको ब्यवस्थापन गरिएको छ । महोत्सव उद्घाटन शत्रमा सन्त किरातीले स्वागत मन्तब्य दिएको कार्यक्रममा उद्योग बाणिज्य संघ दमकका अध्यक्ष राजेन्द्र ढकाल, शशस्त्र प्रहरी बल पाथिभरा गणका गणपती प्रेमकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
छुटनुहोला है आउन दमकमा शुरु भयो फूडफेस्टिवल
सवाल नेपालसंवाददाताबिहीबार, ३ फागुन २०७३

छुटनुहोला है आउन दमकमा शुरु भयो फूडफेस्टिवल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



