काठमाण्डु, १६ माघ – नेपाली कांग्रेसले डा गोविन्द केसीको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले डा केसीको जीवन रक्षाको माग अपिल गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा डा केसी २२ दिनदेखि अनशनरत छन् । सरकारले अहिलेसम्म वार्ताका लागि कुनै पहल नगरेकोसमेत कांग्रेसले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माघ २१ गते कांग्रेसले गर्न लागेको प्रदर्शनको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघमा ल्याउने जानकारी पार्टीलाई औपचारिक जानकारी आइनसकेको बताए ।

यसैगरी उनले हामी वाइडबडी घोटालाको विरोधमा कांग्रेस यथावत रहेको दाबी गरेका छन् । शर्माले दोषीलाई कारबाहीको माग कांग्रेसको मुद्दा रहेको बताए ।

प्रवक्ता शर्माले अहिलेको सरकार उत्तर कोरियाबाट आएको कम्युनिष्ट सरकार(किम जोङ उन) जस्तै देखिएको आरोपसमेत लगाए ।