दमक/इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले बालमहोत्सव उद्घाटनको तयारीमा सुरक्षाको भरपर्दो ब्यवस्था मिलाईएको बताएकाछन् ।

उनले सादा पोशाकमा समेत प्रहरीहरु खटाईएको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आधुनिक उपकरणहरु सहित प्रहरी खटिने उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली विहिबार महोत्सवको उदघाटनका लागि आउने भएकाले सडक सुरक्षामा समेत विशेष ध्यान दिइएको उनको भनाइ छ ।

शसस्त्र प्रहरीको समेत सहयोग लिइने उनले जनाए ।

महोत्सव अवधिभर नै सुरक्षाको बिषयमा चिन्ता लिनु पर्दैन, उनले भने । सुरक्षाका लागि सबै उपाय अवलम्बन गरिएको उनले बताए ।