दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशब्यापी रुपमा शुरु गरेको हिन्दु राष्ट्र पुर्नस्थापना राष्ट्रिय जागरण अभियान अन्र्तगत दमकमा समेत बिभिन्न कार्यक्रमहरु भएकाछन् ।
घरदैलो अभियानदेखि लिएर जागरणसभाहरु भएको राप्रपा नगर सचिब अर्जुन रेग्मीले बताए ।
दमकको राधाकृष्ण मन्दिरमा जागरसभा भएको छ । जागरणसभा साहित्यकार समेत रहेका प्राध्यापक मोहनप्रसाद भण्डारीले हिन्दुधर्म र हिन्दुत्वको बिषयमा बोलेका थिए ।
राप्रपाका प्रदेश अध्यक्ष राम थापा, केन्द्रिय सदस्य बासुदेब भट्टराइ, जिल्ला अध्यक्ष अम्बरबहादुर बिष्ट, प्राज्ञिक परिषदका धनञ्जय बास्कोटा, केन्द्रिय सदस्य भवकृष्ण खतिवडा लगायतले हिन्दु जागरण अभियानको बारे बोलेका थिए ।
कार्यक्रम राप्रपा नेपाल दमक नगर समिति अध्यक्ष भीम पौड्यालको सभापतित्वमा भएको थियो ।











