एजेन्सी । स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ।

अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान लगायतले एसिडिटीको समस्या बढाउँछन्। यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।

२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस् । ३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस् । ४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस् ५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस् । ६. साँझको खाना सुत्नुभन्दा ३–४ भण्टा पहिल्यै खानुहोस् । ७. केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ । ८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ । ९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस् । १०. चिसो दुध पिउुहोस् । यसले एसिडिटी घटाउँछ ।