धेरैजना सुतेको बेला घुर्ने गर्छन् । आफूले घुरेको धेरैलाई थाहा हुँदैन । तर सँगै र नजिक सुतेको मान्छेलाई उसको घुराईले हैरान नै बनाउँछ । विदेशमा घुर्ने समस्याकै कारण श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको उदाहरण छ ।

विश्वमा १८ प्रतिशत पुरुष र २४ देखि २७ प्रतिशत महिलामा घुर्ने समस्या देखिएको छ । नेपालमा भने महिलाको तुलनामा पुरुषमा घुर्ने समस्या धेरै देखिएको डाक्टरहरु बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लक्षण : – श्वास अड्किएको जस्तो हुने । – बिहान उठ्दा पनि फ्रेस अनुभव नहुने । – गाडी चढ्ने बित्तिकै निद्रा लाग्ने । – कुनै कार्यक्रमा बस्दा पनि धेरै हाई आउने वा निदाउने । – दिनभर नै थकान महसुस हुने । – यो सबै कुरा सोधेर मात्रै थाहा हुन्छ । त्यसलाई स्लिप स्टडी भनिन्छ । बिरामीलाई एकदिन निगरानीमा राख्ने, अनि सोध्ने गरेर मात्रै थाहा हुने हो ।

कारण – काम गर्ने समयको अभाब । – कसैलाई जन्मदैमा नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्ने हुन्छ । – युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ । – वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर भएमा पनि घुर्ने समस्या हुन्छ । कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्ने समस्या हुन सक्छ । – बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्ने समस्या हुने गर्दछ । – श्वासनलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भएर घुर्ने समस्या हुन्छ । – जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ ।

निम्त्याउने जोखिम – घुर्ने समस्या भएकाहरु चिढचिढ स्वभावका, डाह गर्ने, छिट्टै रिसाउने, उपलब्धिबाट सन्तोष लिन नसक्ने, चाँडै निराश भईहाल्ने र चञ्चले स्वभावका हुन्छन् । – यो रोगबाट ग्रस्त भएकाहरुमा एकाग्र हुन नसक्ने, लय, ध्यान, स्मृति तथा कल्पनाशिलतामा कम हुन्छ । – घुर्ने बानी भएकाहरुलाई पर्याप्त अक्सिजन नपुग्ने र ठीकसँग निदाउन नपाउने हुँदा हर्मोनहरुको शारीरिक स्तर तलमाथि हुन जान्छ । – अचानक मृत्यु हुन सक्छ । – दाम्पत्य जीवनमै कठिनाई आई सम्बन्ध बिच्छेदसम्म हुन सक्छ । – हर्मोनहरू तलमाथि हुँदा र मेटाबोलिक गडबडी हुँदा तौल बढ्छ । – निद्रा पूरा हुन नपाउँदा दिउँसो निद्राले सताउँछ । जीउ गल्ने अल्छी लाग्ने हुन्छ । – फोक्सो तथा श्वास नलीको घरी घरी संक्रमण हुन्छ । – स्मरणशक्ति हराउने हुन्छ । – मुटुको चालमा समस्या आउछ । – हृदयघातको सम्भावना हुन्छ । – डिप्रेसन हुन्छ । – एन्जाईटी बढ्छ । – धेरै डराउने र आत्तिने हुन्छ ।

उपचार तथा ध्यानदिने कुरा – आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने – मोटोपन घटाउने, शारीरिक कसरत गर्ने, – धूमपान र मध्यपान नगर्ने । – नियमित व्यायाम गर्ने । कम्तिमा ३० मिनेट हिँड्ने – सुत्ने कोठामा टीभी नराख्ने, – सुत्ने र उठ्ने एउटै तालिका बनाउने, – सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने, – सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने, –पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्ने समस्यालाई नियन्त्रण गर्न सकिन्छ । मुखमा राख्ने मेसिन हुन्छ त्यो रातमा मुखमा लगथाएर सुत्ने हो । जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्याको समाधान हुन्छ ।

प्रस्तुती : विना न्याैपाने