प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । सत्तापक्षले जवरजस्ती पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म कांग्रेसले संसद चल्न नदिने भएको हो ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सूचारु गराउने विषयमा छलफल गर्न बोलाउनु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा काँग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो । कांग्रेसले सो विधेयक राष्ट्रियसभाबाट सच्याउन सरकारलाई सचेत गराएको छ ।










