भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला आउँदै छन्। नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उनी झापा आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले उद्घाटनको तयारीमा गरिसकेको जनाएको छ। मेची पुल निर्माण सकिएको करिब छ महिनापछि उद्घाटन हुन लागेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उद्घाटन हुने भएपछि रंगरोगन र पुलमाथि पानीले पखाल्र्दै सरसफाइ गरिएको छ। उद्घाटन शिलालेख राख्नुका साथै कार्यक्रम स्थलको व्यवस्थापनको काम सम्पन्न भइसकेको जनाइएको छ। प्रधानमन्त्री ओली आउने भएपछि सुरक्षा व्यवस्था कडा पारितएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनका लागि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकाल, सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेशमकुमार थाक्सुलगायतले पुलको स्थलगत अनुमगन गरिसकेको बताइएको छ। सीमावर्ती क्षेत्रमा हुन लागेको कार्यक्रमलाई मध्यनजर गरी झापाका प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरिसकेको प्रहरी उपरीक्षक ढकालले बताए।

पुल उद्घाटन नभएसम्म बिहान १० देखि पुलमाथि चल्ने दुईदेखि चार पांग्रे सवारीसाधनलाई रोक लगाउने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। तीन पटकसम्म शिलान्यासको भएको मेची पुलको अन्तिम पटक तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ मा शिलान्यास गरेका थिए। शिलान्यासका बेला तीन वर्षभित्र पुल निर्माण हुने दावी गरिए पनि आठ वर्षमा पूरा भएको छ।

भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माणका लागि करिब ३३ करोड रुपैयाँ लागत रहेको छ। पुलको लम्बाइ ५६० मिटर र चौढाइ ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए। सात दशकदेखि पुल निर्माणको चर्चा चलेपछि लामो समयपछि निर्माण सम्पन्न भएको हो। पुल नहुँदा स्थानीयहरु हिउँदमा बाँसे पुल वा राँगा गाडा र बर्खामा डुंगाको सहायताले आवतजावत गर्दै आएको थिए। लामो समयदेखिको समस्याको अन्त्य भएपछि भद्रपुरलगायात दक्षिणी झापावासीमा खुशी छाएको छ।भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला आउँदै छन्। नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित बहुप्रतिक्षित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उनी झापा आउन लागेका हुन्।

प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। भद्रपुर नगरपालिका, मेची पुल निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले उद्घाटनको तयारीमा गरिसकेको जनाएको छ। मेची पुल निर्माण सकिएको करिब छ महिनापछि उद्घाटन हुन लागेको हो।

उद्घाटन हुने भएपछि रंगरोगन र पुलमाथि पानीले पखाल्र्दै सरसफाइ गरिएको छ। उद्घाटन शिलालेख राख्नुका साथै कार्यक्रम स्थलको व्यवस्थापनको काम सम्पन्न भइसकेको जनाइएको छ। प्रधानमन्त्री ओली आउने भएपछि सुरक्षा व्यवस्था कडा पारितएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउनका लागि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकाल, सशस्त्र प्रहरी बल झापा २ नम्बर गणका एसपी रेशमकुमार थाक्सुलगायतले पुलको स्थलगत अनुमगन गरिसकेको बताइएको छ। सीमावर्ती क्षेत्रमा हुन लागेको कार्यक्रमलाई मध्यनजर गरी झापाका प्रहरी प्रशासनले भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरिसकेको प्रहरी उपरीक्षक ढकालले बताए।

पुल उद्घाटन नभएसम्म बिहान १० देखि पुलमाथि चल्ने दुईदेखि चार पांग्रे सवारीसाधनलाई रोक लगाउने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। तीन पटकसम्म शिलान्यासको भएको मेची पुलको अन्तिम पटक तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६८ माघ २१ मा शिलान्यास गरेका थिए। शिलान्यासका बेला तीन वर्षभित्र पुल निर्माण हुने दावी गरिए पनि आठ वर्षमा पूरा भएको छ।

भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुल निर्माणका लागि करिब ३३ करोड रुपैयाँ लागत रहेको छ। पुलको लम्बाइ ५६० मिटर र चौढाइ ११ मिटर रहेको निर्माण कम्पनी अनक एण्ड सूर्य कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले जानकारी दिए। सात दशकदेखि पुल निर्माणको चर्चा चलेपछि लामो समयपछि निर्माण सम्पन्न भएको हो। पुल नहुँदा स्थानीयहरु हिउँदमा बाँसे पुल वा राँगा गाडा र बर्खामा डुंगाको सहायताले आवतजावत गर्दै आएको थिए। लामो समयदेखिको समस्याको अन्त्य भएपछि भद्रपुरलगायात दक्षिणी झापावासीमा खुशी छाएको छ।