लामो समयसम्म मोबाइल, टेलिभिजन वा कम्प्युटर जस्ता उपकरणको स्क्रिनमा आँखा गाडिराख्ने केटाकेटीको शारीरिक र मानसिक विकास ढिलो हुने देखिएको छ। क्यानडाका अनुसन्धाताहरूले गरेको अध्ययनअनुसार विशेषगरी दुई वर्ष उमेरका नानीबाबुहरूमा यस्तो समस्या देखिएको हो। त्यसैले उनीहरूले आफ्ना स-साना छोराछोरीलाई स्क्रिनबाट टाढै राख्न अभिभावकहरूसँग अनुरोध गरेका छन्।

बेलायतको अखबार द गार्डियनका अनुसार केटाकेटीको उमेर जति कम भयो, स्क्रिनले उनीहरूको विकासमा गर्ने असर उति बढी हुन्छ। जस्तै तीन वर्षको बच्चालाई भन्दा दुई वर्षकोलाई स्क्रिनले बढी हानी गर्छ। त्यस्तै पाँच वर्षकोलाई भन्दा तीनकोलाई बढी।

‘हामीले गरेको हालैको अध्ययनमा साना केटाकेटीहरूमा स्क्रिनको असर धेरै हुने पाइएको छ। दुईदेखि पाँच वर्षका बच्चाहरूको दिमाग र शरीर दुवै तीव्र विकास भइरहेको हुन्छ। यही अवस्थामा उनीहरू स्क्रिनमा झुम्मिने हो भने त्यसले समग्र विकासमा बाधा पुर्याएको देखिएको छ। यी असर दीर्घकालीन हुन सक्छन्,’ डाक्टर शेरी मडिगानले भनेकी छन्। उनी कालगरी विश्वविद्यालय अन्तर्गतको यो अध्ययन जर्नलकी प्रमुख लेखक हुन्।

अभिभावकहरूले अब आफ्ना साना बच्चालाई कति समय स्क्रिन हेर्न दिने भन्ने निधो गर्नुपर्ने समय आइसकेको अनुसन्धाताहरूले बताएका छन्।

‘स्क्रिनमा धेरै समय बिताएकै कारण केटाकेटीको प्राकृतिक रूपमा हुने शारीरिक र मानसिक विकासमा बाधा पुगिरहेको छ,’ उनीहरूले रिपोर्टमा लेखेका छन्, ‘बालरोग विशेषज्ञ, स्वास्थ्यकर्मी र अभिभावकले यसमा ध्यान दिन जरूरी छ।’।

वाटरलु र कालगरी विश्वविद्यालयका साथै अल्बर्टा बाल अस्पतालका अनुसन्धाताहरूले सार्वजनिक गरेको जर्नलअनुसार यो अध्ययन दुईदेखि पाँच वर्षबीचका २४ सय बच्चामा गरिएको थियो। अन्य सामाजिक क्षेत्रका विज्ञहरूले यो अध्ययनमा सबै परिस्थिति नसमेटिएको पनि बताएका छन्। स्क्रिनमा बिताउने समयसँगै उनीहरूको निद्रा, उनीहरूले पढिरहेका सामग्री, घरको अवस्था लगायत सबै कुरा समेटिनु पर्ने उनीहरूको तर्क छ।

अनुसन्धाताहरूले भने यी कुरामा पनि ध्यान दिइएको बताएका छन्। उनीहरूले अध्ययनमा एउटा दुई वर्षको बच्चाले साताम १७ घन्टासम्म स्क्रिनमा समय बिताएको देखिएको थियो। तीन वर्षको हुँदा साताको पच्चिस घन्टासम्म पुगेको पाइएको छ। पाँच वर्ष उमेरदेखि भने बच्चा हिँडडुल र अन्य काममा पनि भुल्ने भएकाले यो समय घटेर साताको ११ घन्टा मात्र स्क्रिनमा अल्झिने देखिएको छ।

अध्ययन टोलीले भनेको छ- जति धेरै समय केटाकेटी स्क्रिनमा भुल्छन्, उनीहरूको विकास उति नै कम हुन्छ। हाम्रो परीक्षणले यही देखाएको छ। जब बच्चा स्क्रिनमा अडिन्छन्, तब उनीहरूले आफ्ना वरपर हुने गतिविधीमा ध्यान दिन पाउँदैनन्। यिनै कारणले उनीहरू प्राकृतिक रूपले विकसित हुन पनि पाउँदैनन्।

यो अध्ययनमा अरू केहीले प्रश्न पनि उठाएका छन्। जस्तै अध्ययनमा समावेश भएका बच्चाले कुन प्रकारको स्क्रिन चलाइरहेका थिए? उनीहरू आफैं स्क्रिनमा झुम्मिएका थिए वा अभिभावकका कारणले? स्क्रिन हेर्ने समय अभिभावकले तोक्नुपर्ने हो भने कति तोक्ने? सबै काम प्रविधिसँग जोडिँदै गएकाले यो अध्ययनले ठोस निष्कर्ष र उपाय पनि दिनुपर्ने प्रश्नकर्ताहरू भनाइ छ। त्यस्तै स्क्रिनको असर प्रत्यक्ष नदेखिने हुनाले यसमा धेरैले ‘प्रमाण’ पनि खोजिरहेका छन्।

स्क्रिनमा बिताउने समय र बच्चाको विकासबारे यो अध्ययनले ठोकुवा नै नगरे पनि अभिभावकले आफ्ना बच्चाले स्क्रिनमा बिताउने समयमा ध्यान दिनुपर्नेमा विपरीत रायका विज्ञहरूको पनि विमति छैन।

‘द गार्डियनको सहयोमा’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah