झापा÷झापाको दमक–३ का १० बर्षे बालक टिकाराम धिमाल (भुईकटहरे) को परिवारलाई सहयोग प्राप्त भएको छ ।

ग्रीनकोट स्यानड्वीज फ्रेक्ट्री युकेमा कार्यरत उर्लाबारी–६ का दिपक श्रेष्ठ र पुष्पा लिम्बू श्रेष्ठको पहलमा संकलन भएको ६० हजार ३ सय ५० रुपैयाँ बिहीबार परिवारलाई हस्तान्तरण गरिएको हो । घर निर्माण समितिका संयोजक पूर्ण वाइबा, भुईटहरेका परिवारलाई प्राप्त रकम हस्तान्तरण गरिएको सहयोगीदाता दिपक श्रेष्ठले जानकारी दिए । संचारकर्मी घनश्याम भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विपन्न अवस्थामा त्रिपालमा कठिन तरिकाले जिविकोपार्जन गर्दै आएका उक्त परिवारलाई १० धुर जग्गा खरिद गरी जस्ताले बनाएको पक्की घरमा राखिएको छ । उक्त घर देशविदेशबाट सहयोग संकलन गरी निर्माण गरिएको हो । हेर्नुहोस् भिडियो

https://youtu.be/QKUShHv4i18