दमक/ कमलनगर जेसीजको नयाँ नेतृत्व चयन भएको छ । तेस्रोे पदस्थापन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । शेरखनाथ न्यौपाने अध्यक्षमा निर्वाचित भएकाछन् ।

यसैगरी कार्यकारी उपाध्यक्ष नारायण बस्नेत, र छत्रपती खनाल, महासचिबमा रिजु कार्की, कोषाध्यक्षमा युवरजा पाठक, कानूनी सल्लाहाकारमा तीलरुपा सुवेदी, उपाध्यक्षहरुमा घनश्याम गुराँगाई, सन्तोस कडरिया, प्रेम सापकोटा, तिलोचन अधिकारी, तालिम निर्देशक नारायण कार्की, जनसम्पर्क अधिकारी सुजु श्रेष्ठ र सचिबमा भीम कार्की निर्वाचित तथा मनोनीत भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवका संस्थापक अध्यक्ष एवं निर्वाचन समितिका संयोजक रुपनारायण न्यौपानेका अनुसार नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी आई सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेको पनि सहभागिता रहेको थियो ।

यसभन्दा अगाडि केदार कट्वाल अध्यक्ष रहेका थिए । उनले पद हस्ताण्तरण गरेकाहुन् ।