दमक÷आजकाल स्थानीय तथा केन्द्रसम्मका नेताहरुलाई खुब गर्ने चलन रहेको छ । कहिल्यै राम्रो काम गर्दैनन् र खालि कसरी ठग्ने र झुक्याउने भनेर सोच्ने गर्दछन् । तर झापा दमकका एकजना युवा नेताले आफ्नो जन्मदिन बिद्यालयमा फूलवारी बनाएर नयाँ ढंगले गरेर उदाहरणिय काम गरेकाछन् ।
आफ्नो जन्मदिनको अवसर पारेर बिहिबार युवा संघका नेता तथा सामाजिक अगुजा नबिन बरालले चुलाचुली आधारभूत बिद्यालय दमक ५मा फूलवारी बनाएर
आफ्नो जन्मदिन मनाएकाछन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बरालले बिद्यालय परिसरलाई फूलवारी मैत्री बनाउने अभियान सहित बिरुवा रोपेर आफ्नो जन्मदिनलाई फरक रुपमा मनाएका हुन् ।
बरालको यो काममको प्रशंशा गर्दै बिद्यालयका शिक्षक देखि लिएर बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु समेत सहभागि रहेका थिए । उनिहरुले यसरी सबैले फरक रुपमा जन्मदिन मनाउदा सामाजिक सन्देश राम्रो जाने र बिद्यालयमा फूलवारी बन्दा यसले बिद्यार्थीको मनोबिज्ञानमा समेत राम्रो छाप छाड्ने बताईएको छ ।










