सहबान अन्सारी

नवलपरासीमा सवारी दुर्घटना हुदाँ घटना स्थलबाट प्रहरीले बढी मात्रामा लागु औषध बरामत गरेको छ । बिहिवार दिउसो झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं. ७ सुर्यपुरा स्थित झुलनीपुर देखी त्रिबेणी जादै गरेको लु १ख ३७६६ नम्बरको बसले बिपरित दिशा बाट आऊदै गरेको यु.पी.५६ बी ५६९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक सोही गाऊपालिका गाऊपालिका वडा नं ६ बस्ने २५ बर्षिय अवधेश यादव गम्भिर घाईते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गम्भिर घाईते भएका यादवले प्रयोग गरेको मोटरसाईकलको डिक्की बाट फेनार्गन १३६ एम्पल, नुकिन १४१ एम्पल, डाईजेपाङ्ग ११३ एम्पल, स्पास्मो ५ फाईल, नाईट्रोभेट ७ फाईल प्रहरीले बरामत गरेको र यस बारे थप अनुसंन्धान भईररहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । गम्भिर घाईते भएका यादवलाई उपचारकोलागी मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गुठी परसौनी बोर्डर आउट पोष्ट गुठी परसौनीले चेक जाचको क्रममा केही लागु औषध सहित दुई जनालाई पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नं ९ सरदपुर बस्ने २० बर्षिय सुरेश तमाङ्ग र सोही ठाउ बस्ने १९ बर्षिय अन्जली तमाङ्ग पक्राऊ परेको गुठी परसौनी शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीले जनाएको छ ।