रकारले माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ।
बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले जीपी कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताललाई संघकै मातहतमा राख्ने निर्णय गरेको छ।
यस्तै नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गर्ने निर्णय गरिएको छ। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने स्वीकृत गरेको छ।
https://youtu.be/NZ9gfQ0lojMयी हुन् अन्य निर्णयहरू :











