ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ५ पोखरिया स्थित सिस्नेपानी भन्ने ठाउँमा आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार बेलुका २८ बर्षीय टंकबहादुर कार्कीले मादक पदार्थ सेवन गरी घरमा गएर आफ्नै आमा ६५ बर्षीया नरमाया कार्कीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटबाट मगरको घटनास्थलमा नै मृत्यु भएको थियो । यता घटना थाहा पाएलगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी कोषाहाटबाट प्रहरीको टोली छोरालाई पक्राउ गरेको थियो ।