अनसनरत डा. गोविन्द केसीको समर्थक १७ चिकित्सक पक्राउ परेका छन् । २४ दिनदेखि अनसनमा रहेका डा. केसीको समर्थनमा उत्रिएका चिकित्सकहरुको र्‍यालीलाई हस्तक्षेप गर्दै प्रहरीले १७ चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार शिक्षण अस्पताल अगाडि र्‍यालीमा उत्रिएका १७ जना चिकित्सकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शान्तिपूर्ण प्रदर्शन गर्दैगर्दा प्रहरीले आफूहरुमाथि दमन गरेको र पक्राउ परेका चिकित्सहरुलाई नेपाल पुलिस क्लबमा राखिएको अभियन्ता प्रितम सुवेदीले जानकारी बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्ने चिकित्सहरुमा डा. सुमित पाण्डे (रेजिडेन्ट डाक्टर एशोसिएसनका अध्यक्ष), बिशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने, सिद्धार्थ भण्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, अमिर श्रेष्ठ, आकाश शेर्पाली, आनन्द सिंह, पदम जोशी, समीर चापागाईं, विश्व राज तिम्सिना, अपुर्व आचार्य रहेका छन् । चिकित्सकसँगै र्‍यालीमा सहभागी भएका अन्य विद्यार्थीहरु पनि पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा विधेयक २०७५ संशोधन हुनुपर्ने र डा. केसीको जीवन रक्षाको माग गर्दै उनीहरुले र्‍याली निकालेका हुन् । डा. केसी समर्थक चिकित्सकहरुले आज आकस्मिक बाहेक देशभर सम्पूर्ण सेवा ठप्प पारेका छन् ।