विद्यानन्द राम राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित पशु शाखा कार्यालयमा गुट्खाको विषयमा विवाद हुँदा कर्मचारीबीच कुटाकुट भएको छ । कुटपिटबाट पशु सेवा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब पशु सेवा प्राविधिक सुरेन्द्र कुमार शर्मा गम्भीर घाइते भएका छन् । सोही कार्यालयमा करारमा कार्यरत नायब पशु सेवा प्राविधिक घनेन्द्र यादवले चिर्पट प्रहार गरेर शर्मालाई गम्भीर बनाएका हुन् ।

टाउकोमा गम्भीर चोट लागेका शर्मालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ । शर्माको टाउकोमा सात वटा टाका लगाइएको तथा अवस्था गम्भीर रहेकोले थप उपचारकालागि धरान लगिने तयारी भइरहेको परिवारजनले जनाएको छ । यादवको झोलामा रहेको ५–६ वटा गुट्खा फ्याक्न भन्दा उनीहरुबीच विवाद भएको थियो । यादवले अनजानमा चोट लागेको बताउनुभयो । जनता समाचार बाट