सत्तारुढ नेकपाका नेता तथा सांसद योगेश भट्टराईले अनशन तोडने डा. गोबिन्द केसीको निर्णयलाई स्वागत गर्दै बुद्धिमतापुर्ण काम गरेकोमा बधाई दिनुभएको छ ।
केसीले अनशन तोडेलगत्तै सामाजिक सञ्जालमार्फत नेता भट्टराईले डा केसीको निर्णयको स्वागत गर्नुभएको हो । ‘आज डा गोबिन्द केसीले आफ्नो १६ औ अनसन अन्त्य गर्ने निर्णय गर्नु भएकोमा वहाँको निर्णयको स्वागत गर्दै वहाँलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि वहाँले समेत पुर्याउनु भएको योगदानको म सम्मान गर्दछु । हालै संघीय सम्सदबाट पारित चिकित्सा शिक्षा बिधेयकको कार्यन्वयनमा सबै संघसंस्था लगायत डा केसी सहितका सबै अभियान्ताहरुसँग निरन्तर सहकार्य जारी रहने छ,’ भट्टराईले भन्नुभएको छ ।
डा. केसीको माग बिद्येयकले पुरा गरिसकेको ठोकुवा नेता भट्टराईले गर्दै आउनु भएको थियो । उहाँले अनशन तोडन सुरुदेखि नै आग्रह गर्दै आउनु भएको थियो ।










