रोजेन्द्र जोशी

डोटी । जोरायल गाँउपालिका–२ रुपसकाँडामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार राति १२ बजे लु१च २५०८ नम्बरको जीप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) लालबहादुर धामीले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा भारतका अन्दाजी ४० वर्षीय बब्लु भन्ने व्यक्ति रहेका छन् ।

दुर्घटनामा डोटीको केआईसिंह गाउँपालिका ५ रानागाउँ बस्ने वर्ष १९ का शंकर राणा र जीप चालक अन्दाजी ४५ वर्षीय सुवास प्रजापती घाइते भएको उहाँले बताउनुभयो ।