दमक/बिप्लब समुहको कार्यकर्ताहरुले लगाएको ताल्चा फोरेका दमक बहुमुखि क्याम्पसका बिद्यार्थीहरुले अब गैह् बिद्यार्थीहरुलाई क्याम्पस प्रशासनले प्रवेसमा रोक नलगाए आफै गराउने चेतावनी दिएकाछन् । बिद्यार्थीको अधिकारमाथि खेलवाड गर्ने छूट कसैसंग नरहेको भन्दै उनिहरुले क्याम्पसमा आएर गैह् बिद्यार्थीले ताल्चा लगाएको बताए । उक्त ताल्चा बुधबार फोरिएको थियो ।
अनेरास्वबियूबाट स्वबियू सभापतिको उम्मेदवार रहेका सन्तोष दूलालले अब निर्वाचन कार्यक्रम अघि बढेको र यसलाइ कसैले रोक्न खाजे त्यसको प्रतिकार आफूहरु गर्ने चेतावनी दिए । स्वबियू निर्वाचन बिद्यार्थीहरुको भएको भन्दै यसमा अवरोध नपुर्याउन समेत उनले आग्रह गरे । क्याम्पसले बिहिबारदेखि क्याम्पस प्रवेसमा कडाइ शुरु गरेको छ । परिचयपत्र देखाएरमात्र क्याम्पस प्रवेस गर्न पाइने छ । पूर्वको नै सबैभन्दा ठूलो यस क्याम्पसको स्वबियू निर्वाचनलाई महत्वका साथ हेरिदै आएको छ ।










