१९ माघ– तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले रेष्टुरेण्ट व्यवसाय सुरु गरेकी छन् । लामाले काठमाण्डुको मिनभवनमा रेष्टुरेण्ट खोलेकी हुन् । तयारीको काम अन्तिम चरणमा पुगेको र केही समयपछि भव्य कार्यक्रमसहित ‘ओपनिङ’ गर्ने उनको तयारी छ । आफूनिकटहरुसँग उनले लामो समय राजनीतिमा सक्रिय हुन व्यवसाय जरुरी देखेपछि आफू त्यता लागेको बताउने गरेकी छन् । धनकुटा खबर बाट साभार