दमक÷प्रजातन्त्र दिवसको अवसरमा झापाको दमक र लखनपुरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना हुने भएको छ । शहर बजार केन्द्रित सरसफाइ भइरहेको समयमा यसपटक भने दमकको मावा खोलादेखि तोपगाछीको कमलखोलासम्म सरसफाइ हुने भएको हो । लखनपुरमा लाइन्स क्लव अफ लनखपुरले पनि सरसफाइ गर्ने जनाएको छ । दमक सरसफाइ अभियानले राजमार्ग केन्द्रित रहने सरसफाइ अभियानका संयोजक तीर्थराज बस्नेत शंकरले जनाएकाछन् । बिहान साढे सातबजेदेखि सरसफाइ अभियान शुरु हुने उनले जानकारी दिए । रतुवापुलदेखि मावा पुलसम्मको राजमार्ग स्थानमा सरसफाइ गरिने बस्नेतले जनाए । यसैगरि दमक उद्योग बाणिज्य संघले बाणिज्य संघ आसपासको क्षेत्रमा सरसफाइ गर्ने बाणिज्य संघका कार्यलय सचिब निरज बिष्टले बताए । उनले बिहान साढे ७ बजे सबैलाइ भेला हुन आग्रह गरे । यता लखनपुरमा स्वच्छ, सफा, हराभरा बस्ती झापालीको पहिचान भन्ने मूख्य नाराका साथ पूर्ण सरसफाई युक्त गाउँ सहर निर्माणमा हाम्रो सामुहिक अभियान भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सरसफाइ कार्यक्रम नै हुने भएको छ । लखनपुर क्षेत्रमा पुर्व पश्चिम लोकमार्ग अन्तरगत गेउरिया खोला देखी सितापुरी चौक सम्म चेतना बाल संरक्षण मञ्चको संयोजनमा हुने सरसफाई कार्यक्रममा सम्पूर्ण राजनीतिक दल, वडा नागरिक मञ्च, बाल क्लब, सामुदायिक तथा संस्थागत विद्यालयहरु, विभिन्न संघसंस्था तथा स्थानिय बासीहरुलाइ भेला हुन आग्रह गरिएको छ ।