दमक/झापाको दमकमा भईरहेको प्रदेश स्तरीय बृहत बाल महोत्सवमा विधार्थी र अभिभावकको उत्साहजनक सहभागिता भईरहेको छ । तेस्रो दिन शनिबार गिनिज बुकमा १९ वटा विधामा रेकर्ड राख्न सफल थानेश्वर गुरागाईंले विधार्थीलाई नेपाल सगरमाथाको देश भनेर मात्र चिनाउने पर्ने अवस्थामा सवैले विश्वमा प्रतिष्पर्धा गर्न अगाडि बढ्नु पर्ने बताउनु भयो । गुरागार्ईले १९ वटा विधामा गिनिजबुकमा रेकर्ड राख्न सफल भएको कला कौशल मध्ये केही प्रदर्शन समेत गरेका छन् ।
गुरागाईले ल्यापटपलाई औला राखेर झण्डै ७ मिटेन घुमाएका छन् । उहाँले ३० मिनेट भन्दा ज्यादा बास्केट बल घुमाएर नेपालबाट विश्व किर्तिमान राखेका हुन् ।
यस्तै बालबालिकालाई उर्जा प्रदान गर्न एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गाना, राष्ट्रिय हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले समेत विधार्थीलाई उर्जावान हुन प्रेरणा दिँदै हाँस्य मनोरञ्जन समेत गराएका छन् ।
महोत्सवमा चित्रकला, हाजिरी जवाफ, निवन्ध लेखन, नृत्य, बक्तृत्वकला, गायन, म्याथ ओलिम्पड लगायतका विधामा २ दिनमा ३ हजार हाराहारीले भाग लिईसकेको प्रतियोगिता उपसमिति संयोजक टेकनाथ भण्डारीले बताउनु भयो ।
भोलि पछिल्ल्लो समय बाल गायन क्षेत्रमा चर्चित दमकका अशोक दर्जी, टंक बुढाथोकी, एआर बुढाथोकी सहित अन्य कलाकारको समेत उपस्थिति हुने आयोजक समितिका संयोजक दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले जानकारी दिनु भयो ।










