रोजगारको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा यतिबेला छुट्टी र रमझम छ। कोरियाको महान चाड नयाँ बर्ष सलनालले गर्दा आज शनिबार देखि नै बिदा दिइएको छ।कृषि क्षेत्रमा कार्यरतहरुले शनिबार र आइतबार बिदा केहिले बाहेक धेरैले पाउदैनन तर उत्पादनमुलक क्षेत्रमा कार्यरत श्रमिकले भने हरेक हप्ताको शनिबार र आइतबार बिदा पाउने गरेका हुन्छ्न।यधपी केही धेरै काम चल्ने कम्पनीमा भने शनिबार र आइतबार या शनिबार सम्म काम गर्नुपर्ने हुन्छ तर उक्त बिदाको दिनको अतिरिक्त ज्याला भने पाउँछन्।सोमबारदेखि बुधबारसम्म तीन दिन सलनालको बिदा भएतापनी त्यसअघि शनिबार र आइतबार परेकोले नै पाँच दिन लामो बिदा मिल्न गएको हो।
केही कम्पनी बाहेक थुप्रै कम्पनिमा कोरियाको महान पर्व मानिने सलनालमा २ तारिक देखि ६ तारीखसम्म छुट्टी दिइएको छ। अर्थात आगामी बिहिवार मात्र काम शुरु हुने भएको छ।अर्को थप खुशी के हो भने आज देखि बिदामा रमिरहेका श्रमिकले बिहिवार र शुक्रवार दुई दिन काम गरेपछी फेरि शनिबार र आइतबार काम नचल्ने कार्यक्षेत्रमा भने बिदामा अनुभुती लिन पाउने भएका छन।कतिपय ठुला र सुबिधा दिने कम्पनीमा भने आज देखि १० तारिख सम्म नै बिदा दिइएको छ भने उनिहरु २ तारिख देखि बिदा पाएर ११ तारिख देखि मात्र कार्यक्षेत्रमा जानेछ्न।
कोरियाका पर्वहरुमा मेनु(कम्पनीमा काम गर्ने) मजदुरले छुट्टी पाउँछन् भने केही बाहेक थुप्रै कृषिमा काम गर्ने मजदुरले भने बिदा पाउदैनन।त्यसैले पनि सलनालमा कम्पनी मजदुरले बिदामा रम्न पाउँछन् भने कृषिमा काम गर्ने श्रमिक भने आफ्नो दैनिक कार्य मै ब्यस्त छ्न ।सलनाल बिदा भए संगै कोरियामा थुप्रै कार्यक्रमको आयोजना समेत गरिएका छ्न।यसैले पनि कोरियामा नेपाली जमघट हुने ठाउँ तोङ्देमुन,सुवन,आनसान र सउल लगाएतका क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति हुने क्रम शुरु भइसकेको छ।
कोरियामा हरेक हप्ता शनिबार र आइतबार बिदा दिइने गरिन्छ।तर कोरियाका पर्व लगाएत अत्यधिक गर्मीको बेलामा समेत केही लामो बिदा दिइदै आइएको छ।शनिबार तथा आइतबार काम मिल्न सक्ने तथा हप्ता भरिको थकान आराम गरेर बिताउन खोज्ने हुँदा कहि कतै घुम्न र भेटघाट गर्न नपाएका नेपालिहरु सलनाल जस्ता लामो बिदा हुने दिनमा भने घुमघाम र भेटघाट गरेर बिताउने गर्छ्न।त्यसैलेपनी यतिबेला सामाजिक संजालमा विभिन्न ठाउमा जमघट भएको र घुमघाम गरेका सेल्फी तस्बिर देख्न सकिन्छ।









