उर्लाबारी । उर्लाबारी वडा नं. ३ स्थित मंगलबारे बजारमा अव्यवस्थित रूपमा रहेको मासु तथा सब्जी पसलहरूलाई व्यवस्थित गरिने भएको छ । आइतबार स्थानीय व्यापारी, सामाजिक अगुवालगायतको भेलाले बजारको दक्षिण चाईनिज क्याम्प उत्तरपट्टि सो बजारलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको हो । उर्लाबारी नगरपालिकासँग सहकार्य गरी व्यवस्थित मासु पसल तथा सब्जि मन्डी बनाइने निर्णय भएको उर्लाबारी नगरपालिका वडा नं. ३ का वडा सदस्य भीष्म बुढाथोकीले जानकारी दिए ।
ढलको निकाससहितको ब्यवस्थित सब्जी बजार बनाउने बिषयमा सबै एकमत भएका छन् । वजार व्यवस्थापन समिति मंगलबारेको अगुवाईमा भएको भेलामा उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।










