दमक/लगातर अठार पुराण लगाएर पुण्यभूमि बनेको झापाको लखनपुर ४ र ५ नम्बरको बिचमा रहेको सिद्धेश्वरधाम अहिले माल पाएर चाल नपाएको अवस्थामा रहेको पाईएको छ । गुरुकुल सहितको धामको गुरुयोजना बनाउन पहल शुरु गरिएको बताईएपनि अहिलेसम्म परम्परागत रुपमा नै चल्दै आएको छ । ग्रामिण क्षेत्रमा रहेका कारण प्रचारप्रसारको अभावले यो क्षेत्र ओझेलमा परेको छ । परम्परागत धर्म र संस्कार जर्गेर्नाका लागि करिब दूई दशकदेखि सिद्धेश्वर शिब मन्दिर धार्मिक संरक्षण संस्थाको नाममा स्थानीयहरु यस क्षेत्रको बिकासमा जुटेपनि राज्यका कुनै पनि निकायको अहिलेसम्म यहाँ सहयोग पुगेको छैन । प्रत्येक घरबाट एकमुठि चामल(मुष्ठिदान) उठाएर अविछिन्न रुपमा अठार पुराण लगाइसकिएको र धार्मिक तथा पौराणिक बिश्वास अनुसार यो क्षेत्र पुण्यभूमि बनेको संस्थाका संरक्षक तथा यहाँ सञ्चालित गुरुकुलका अध्यक्ष जयनारायण अधिकारीले बताए । उनका अनुसार २० बर्षदेखि अटूट रुपमा दियो निभ्न नदिइकन यहाँ लक्ष्यवर्ती दीप प्रज्वलन गरिएको छ भने यसलाई हेर्नका लागि पूजारी समेत राखिएको छ । जग्गादाता जयनाराण अधिकारी सहितका दानबिरहरुले प्रदान गरेको करिब १० कठ्ठा जमिनमा फैलिएको धार्मिक संरक्षण संस्थाको आम्दानीको श्रोत र सञ्चालनको एकमात्र माध्यम मुष्ठिदान हो । हरेक घरबाट एकमुठि चामल दान मागेर अहिलेसम्म थुपै्र पूर्वाधारहरु निर्माण भएको छ । झण्डै एककरोड बराबरको भौतिक सम्पती जोडिएको ट । सिद्धेश्वर मन्दिर, पुराण भन्ने ब्यास, पाकशाला, गुरुआश्रम, कार्यालय भवन, हवन कुण्ड निर्माण भएको छ । अहिले गुरुकुल शिक्षाका लागि भवन समेत बन्दै आएको छ । नजिकै जेष्ठ नागरिक भवन समेत बन्ने तयारीमा छ । पछिल्लो समय पढेका र संस्कार जानेका पुरोहित तथा पंण्डितहरु पाइन छाडेकाले त्यसलाई ख्याल गर्दै गुरुकुल पनि शुरु गरिएको पाईएको छ । श्राद्ध गर्दा होस् या कुनै पनि धार्मिक कार्य गर्दा सस्कृत पढेका बिद्धानहरुको अभाव रहेका कारण यसलाई पूर्ति गर्नका लागि गूरुकुल पढाई शुरु गरिएको अधिकारी बताउछन् । ३० जना बिद्यार्थीहरु अहिले आवासीय रुपमा यहाँ पढ्दैछन् । यसका साथै स्थानीय महिलाहरु समेत गीता, भागवत लगायतका धार्मिक ग्रन्थहरु पढीरहेको उहाँको भनाई छ । लगातर अठार पुराण सम्पन्न गरेर पुण्यभूमि बनेको यस स्थलको आपासको जग्गा समेत लिएर चक्रपथ निर्माण गरि बिभिन्न देवीदेवताहरुको प्रतिमा तथा साना मन्दिरहरु बनाउने, फूलबारी बिकास गराउने र वातवरणीय संरक्षणका लागि धार्मिक जागरण ल्याउन ‘सिद्धेश्वर हरित धार्मिकधाम’ बनाउने उदेश्य रहेको भएपनि केहि काम अघि नबढेको स्थानीयहरु बताउछन् । यसैका साथै धर्मको बिषयमा नयाँ पुस्ताले त झनै अध्ययन गर्न पाएको छैन र उनीहरुलाई त्यस्तो अवसर नमिलेकाले धार्मिक पुस्ताकलय खोल्ने समेत गुरुयोजनामा समावेश गरिने भएको छ । यहाँ लगाईएको अठार पुराण र अन्य उपपुराणहरुका पुस्तकहरु सुरक्षित राखिएकाले अब ति पुस्तकहरु सहित धार्मिक अध्ययन केन्द्र तथा पुस्ताकालयको स्थपना गर्ने उदेश्य रहेको पाउदा आफूलाई खुसि लागेको साँसद दीपक कार्की बताउछन् । उनले पनि यसैबर्ष मात्र यस धामको बिषयमा जानकारी पाएको जनाए । उनले आएर यस धामको बिकासमा आफ्नो सहयोग रहने जनाएका थिए । बिष्णुप्रसाद पोखरेल
लखनपुरको ‘पूण्यभूमि’ ओझेलमा
सवाल नेपालसंवाददाताशुक्रबार, ४ फागुन २०७३

लखनपुरको ‘पूण्यभूमि’ ओझेलमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



