दमक । पछिल्लो समयमा कमल गाँउपालिकामा दुर्घटना बढ्दै गएको छ । शनिबार कमल गाँउपालिकाको वडा नं. ५ लखनपुरमा बस र मिनिबस जुधेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाबारे प्रहरीले पठाएको विवरण यस्तो छ-
मिति २०७५।१०।१९ गते १७:०० बजेको समयमा जि. झापा लखनपुर (कमल गाँउपालिका) ५ स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पस्चिम तर्फ आउदै गरेको को १ ख ६८५१ न. को बसले ब्रेक लगाउँदा सोही दिशा तर्फ आउदै गरेको बा २ ख ९९५४ न. को मिनिबस पछाडी बाट ठोकिन गइ सवारी दुर्घटना हुँदा बा २ ख ९९५४ न. को मिनी बसमा सवार निम्न मानिस हरु घाइते भइ लाइफ लाइन अस्पताल दमकमा उपचार भई रहेको, बस प्रहरी नियन्त्रणमा ।
निम्न
१ ,जि. झापा दमक न.पा ३ बस्ने वर्ष ३० कि टपिना पौडेल ।
२,ऐ ऐ बस्ने वर्ष ६० कि शान्ता गुरगाइ ।
३,ऐ ऐ वर्ष १९ कि कुसुम गौतम ।
४,ऐ ऐ वर्ष ५० कि भना पौडेल ।
६,ऐ ऐ वर्ष ६० कि टिका रिमाल ।









