दमक/दमक बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको माहोल तातेको छ । कडा सुरक्षाबीच प्रमु्ख तीन वटा संगठनले उम्मेदवारी दर्ता गराएसंगै क्याम्पसमा चुनावी रौनक शुरु भएको छ । शुक्रवार निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले प्यानल सहित उम्मेदवारी दर्ता गराएकाहुन् । नेविसंघले स्ववियु सभापतिमा विनोद चापागाई, सचिवमा मिन्टु दुलाल, कोषाध्यक्षमा उज्जवल प्रकाश खतिवडालाई अघि सारेको छ । सदस्यहरुमा लेला सिटौला, मुकेश राजवंशी, द्रोणप्रसाद दाहाल, सन्तोष खतिवडा, दिवश बास्कोटा, दिपेश उप्रेती र धनु राईको उम्मेद्वारी दर्ता गराएकाछन् । अनेरास्ववियूले स्ववियू अध्यक्षमा सन्तोष दुलाल, सचिवमा रोशन भण्डारी, कोषाध्यक्षमा दिपना बराल, सदस्यहरुमा गंगा प्रसाई, रोशन काफ्ले, शोभित ओझा, तनुजा दुलाल, हरी मगर, नेत्र भण्डारी र महेश भट्टराईलाइ उम्मेदवार बनाएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफनो प्यानलबाट कुल बहादुर बस्नेत रबिलाई अध्यक्षको रुपमा उम्मेदवारी दर्ता गराएको छ । सचिवमा रमिला पौडेल, कोषाध्यक्षमा बिजय खाँतीछन् । सदस्यहरुमा आनन्द कार्काी, धन बहादुर पाण्डे, धमेन्द्र कार्की, बिकास न्यौपाने, बिशेष मुकारुङ राई, लक्ष्मी नेपाल, सम्झना थापालाई अघि सारेको छ । दमक क्याम्पसमा १३ सय ५३ जना मतदाता बिद्यार्थी रहेका छन । उनीहरुले स्ववियूमा प्रत्यक्ष चुनावबाट १० जनालाई निर्वाचित गर्नेछन । समानुपातिक मतबाट थप ७ जना चयन हुने छ । स्ववियू चुनाव यही फागुन १८ गते तय गरिएको छ ।
को को भिडदैछन् दमक क्याम्पसमा ?
सवाल नेपालसंवाददाताशुक्रबार, ४ फागुन २०७३

को को भिडदैछन् दमक क्याम्पसमा ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



