झापा । अस्पतालको लापरबाहीले दुई बर्षीय नाबालकको मृत्यु भएको भन्दै आक्रोशित समूहले बिर्तामोडको बिर्ता सीटी हस्पिटलमा तोडफोड गरेका छन् ।
आक्रोशित परिवारजन र गाउँबासीले आइतबार राती करिब १० बजे अस्पताल तोडफोड गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । भिडले अस्पताल तोडफोड गर्न थाले पछि अन्य बिरामी र कुरुवाको भागाभाग भएको थिए । यता आक्रोशित समूह अस्पताल तोडफोडमा उत्रिएपछि तनाव साम्य बनाउन प्रहरीले अँश्रु ग्याँस प्रहार गर्दै लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले बताए । प्रहरीले समयमै बल प्रयोग गर्दा अस्पतालमा थप क्षति हुन पाएन, उनले भने । अस्पतालको तल्लो कोठामा केही क्षति पुगेको जनाइएको छ । प्रहरीले आइतबार रातीदेखि नै अस्पताललाई सुरक्षा प्रदान गर्दै आइरहेको छ ।
मेचीनगर नगरपालिका ४ स्थित चारआलीका २ वर्ष ५ महिनाका नावालक जेनित राजवंशीको मृत्यु भएपछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका थिए। झाडा पखला लागेका नावालक जेनितलाई उनका आफन्तले उपचारका लागि साँझ ७ वजे बिर्ता सिटी अस्पताल लिएर आएका थिए । आकस्मिक कक्षमा राखिएको नावालक जेनितलाई नर्सले इन्जेक्शन (सुई) दिएको केही समय पछि नै उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । घटनाले उग्र रुपम लिएपछि जनप्रतिनिधिले पीडित आफन्तजन र गाउबासीलाई सम्झाएर वार्ताका लागि आवहन गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा
पीडित परिवारजन, जनप्रतिनिधि र अस्पताल प्रसाशन बीच छलफलको तयारी भइरहेको प्रहरी कार्यालय झापा डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । टाइम्स अफ प्रदेश बाट साभार










