दमक/नेकपा माओबादी केन्द्रको वडा नं. १३ को अध्यक्षमा कबिराज गौतम चुनिएकाछन् । लामो समयसम्म सुकुम्बासी फाँटमा काम गरेका गौतम केहि समय निष्क्रिय रहेपनि फेरी पार्टी काममा सक्रिय भएका हुन् । शुक्रबार भएको वडा अधिवेसनले उनलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । पार्टीका केन्द्रिय सदस्य श्रीकान्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक नगर उपाध्यक्ष बेणु गौतम लगायतले बोलेका थिए ।