दमक/लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानको तेश्रो रेगुलर क्याविनेट बैठक दमकमा भब्यताका साथ सम्पन्न भएको बताईएको छ ।

लायन्सको इतिहासमा नै सबैभन्दा बढि लायन्स लिडर तथा लायन्सकर्मीहरुको सहभागितामा क्याविनेट सम्पन्न भएको प्रचारप्रसार समितिका संयोजक बिमल शर्माले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साढे ५ सयभन्दा बढिले रजिष्ट्रसेन गराएको र लायन्स क्लवहरुको सक्रियताका लागि यो ठुलो कदम भएको भन्दै गर्भनर अनन्तप्रसा भेटवाल सहित लायन्स लिडरहरुले आफुहरुलाइ धन्यवाद दिएको संयोजक विश्वासकुमार काश्यपले बताए ।

लायन्स क्लव अफ दमक स्टर्न लायन, लखनपुर र स्वीटसिटीले क्याविनेट बैठकको लागि ब्यवस्थापन गरेका थिए ।

पहिलो पटक क्याविनेटमा स्मारिका प्रकाशन गरेर सहभागिहरुलाइ उपलब्ध गराएको स्मारिका छपाइ समितिका संयोजक गगादेब चौधरीले बताए ।

छाला दान गरौ-भेटवाल

यसैबीच क्याविनेट बैठकमा गर्भनर अनन्तप्रसाद भेटवालले छालादानलाइ महत्वका साथ अघि बढाउनु पर्ने बताए ।

उनले लायन्सले लडेर अकालमा मृत्यु वरण गर्नु पर्ने अवस्थाका नेपालीलाइ बचाउन छाला बैक स्थापना गरेको उल्लेख गर्दै यो अभियानलाइ सबैले साथ दिनु पर्ने बताए ।

उनले रक्तदानमा आफुहरु देशमा नै अब्बल संस्था बनेको जनाउदै आफै ब्लड बैक बनाएर अघि बढ्ने पनि बताए ।

दमकमा भएको क्याविनेट बैठक प्रशंशायोग्य भएको लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानका सेक्रेटरी रेवत कार्की बताए ।