दमक  दमकमा पछिल्लो समयमा नयाँनयाँ होटल तथा रेष्टुरेन्टहरु खुलिरहेकाछन् । आफुलाइ भिन्न पहिचान स्थापित गर्ने होडवाजि नै चलेको छ ।

पछिल्लो समयमा महिला पनि ब्यवसायंग जोडिदै गएकाछनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैक्रममा  दुई जना युवा व्यवसायी महिलाले संयुक्त रुपमा दमक–८ स्थित मकालु मार्गमा ‘लबि होटल एण्ट रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएकाछन् ।

झापा, शिबसताक्षी–११ झिलझिलेकी आशा चाम्लिङ राई र मोरङ, लेटाङकी मनु सुब्बाले संयुक्त रुपमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकाहुन् ।

रेष्टुरेण्टमा फिस सेकुवा, लोकल चिकन र मटनको सेकुवाको स्वाद नयाँ दिने आशाले बताइन् । यहाँ खाना पनि पाईने उनको भनाइ छ ।

पारिवारिक बातबरण यहाँको विशेषता भएको बताईएको छ । १० लाख लगानी रहेको पनि सञ्चालिकाहरुले जनाएकाछन् ।