पोखरा, माघ २१/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापालाई नेपाल विद्यार्थी संघले कालो झण्डा देखाएको छ । नेविसंघको आलोचना गरेको भन्दै थापालाई पोखरामा आज कालो झण्डा देखाएका हुन् ।

सरकारलाई खबरदारी गर्न देशभर प्रदर्शन कार्यक्रमको आयोजना गरेको नेपाली कांग्रेसले पोखरामा गरेको विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गरिरहेका थापालाई आफ्नै पार्टीको भातृ संगठन नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत शनिबार पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले नेविसंघका ५ कार्यकतालाई पक्राउ गरेको थियो। सोही दिन थापाले सामाजिक सञ्जालबाट सरकारी गाडीमा आगजनी गर्नु निन्दनीय भन्दै भत्सर्ना गरेका थिए ।