उर्लाबारी । उर्लाबारी नगर कार्यापालिकाको आजको बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको छ । तामाङ समूदायको महान चाड सोनाम ल्होछारको अवसरमा माघ २२ गते उर्लाबारी नगरपालिका क्षेत्रमा स्थानीय विदा दिने निर्णय भएको नगर प्रमुख खड्ग फागोले जानकारी दिए ।











