राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा कुल १ लाख ४१ हजार ८ सय २५ बिद्यार्थी सहभागी थिए ।
बोर्डले विभिन्न बिषयमा सी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीको परीक्षा यहि पौष १४ गते देखि संचालन गरेको थियो । नतिजा हेर्नको लागि NEB लेखेर एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर ३१००३ मा म्यासेज पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।










