काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा जोडिएका फरार अभियुक्त हरिशरण खड्का संयुक्त अरब इमरेट्सको दुबईमा पक्राउ परेका छन् । खड्कालाई दुबईमा पक्राउ गरिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

खड्का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीसँगै गत पुसमा केन्द्रीय अनुसन्धान व्युरोले समातेको ३३ किलो सुन प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् । खड्काविरुद्ध रेड नोटिस जारी भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खड्का झण्डै १४ वर्षअघि कामदारमा रुपमा दुवई पसेका थिए । दुवईबाटै उनले सुन तस्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रुपमा उदाएका थिए । पक्राउ परेका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइने छ । बाह्रखरी बाट साभार