पाडाजुंगी,२२ माघ । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा प्रथम कमल महोत्सव–२०७५ शुरु भएको छ । सोमबारदेखि महोत्सव शुरु भएको हो ।
मिनी महोत्सवको उद्घाटन वडाध्यक्ष डम्बरवहादुर निरौलाले गरेकाछन् । आन्तरिक पर्यटन ,प्रर्वद्धनमा सघाँउ पुरयाँउने अपेक्षा रहेको उनले बताए ।
फागुन ७ सम्म चल्ने उक्त महोत्सवको आयोजना स्थानीय पूर्वाञ्चल भेट्रानन क्लवले गरेको हो । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति हुने मूल आयोजक समितिका संयोजक विनोद राईले बताए ।
स्थानीय क्षेत्रको सास्कृती पहिचान र प्रतिभाले महोत्सवमा ठाँउ पाउने उनको भनाइ छ ।
महोत्सव प्रचार समितिका संयोजक धिरज श्रेष्ठका अनुसार यस क्षेत्रको पहिचानलाइ अभिबृद्धि गर्न महोत्सव लगाईएको हो ।
ब्यवसायीक स्टलहरु, खेलतमासा लगायत यहाँका आकर्षण रहेको श्रेष्ठले जनाए ।
महोत्सवमा करिव २८ लाख खर्च हुने अनुमान रहेको उनको भनाइ छ ।
महोत्सवमा चर्चित गायकहरु प्रमोद खरेल, सन्दिप क्षेत्री, ज्योति मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।










