दमक/स्वतन्त्र विद्यार्थी युनियन गौरादह बहुमुखी क्याम्पसको आयोजनामा नयाँ बिद्यार्थीहरुलाइ स्वागत गरिएको छ ।
बिएड तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत नयाँ विद्यार्थीहरुको स्वागत भएको हो ।
स्ववियु अध्यक्ष कमल पौडेलका अनुसार खादा तथा अबिर लगाएर नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिति क्याम्पस प्रमुख हिन्द बहादुर दाहालले विद्यार्थीहरुलाइ सफल रुपमा उच्च शिक्षा सम्पन्न गर्न शुभकामना दिएका थिए ।










