दमक/झापाको मेचीनगर पालिकाको दुहागडिमा रहेको इटाभट्टा बन्द गर्न स्थानीयहरुले माग गरेकाछन् ।
प्रदुषण बढाएको र प्रदुषण कम गर्न स्थानीयसंग गरिएको सम्झौता कार्यन्वयन नभएको भन्दै मेचीनगर १४ का १ सयभन्दा बढि स्थानीयले लिखित रुपमा वडा कार्यालयलाइ इटाभट्टा बन्दको माग राखेकाहुन् ।
स्थानीय विश्व थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
दुहागडिमा संचालित बिबिसी इटा उद्योगको प्रदुषणबाट बिगत १२ बर्ष देखि पीडित हामी स्थानिय बासिहरु अन्ततः उद्योग विरुद्ध आन्दोलनमा उत्रिन बाध्य भएका छौंर हामी शान्ती प्रिय दुहागडीबासिको शहनशिलतालाई कमजोरी ठान्दै सम्झौताका कुनै पनि बुदा पालन नगर्ने उद्योग संचालकहरुले उद्योग स्थापना हुँदा तत्कालीन गाबिसको रोहबरमा स्थानियबासी संग गरेको सम्झौताको पहिलो बुदामा स्थानियबासिले प्रदुषण बढेको ठहर गरेमा जुनसुकै बेला उद्योग बन्द गर्नु पर्ने लेखिएको हुँदा सो प्रदुषणजन्य उद्योग बन्द गर्ने एक सुत्रीय माग राख्दै १ सय ५० भन्दा बढी स्थानियबासिको हस्ताक्षर सहित आज पहिलो चरणमा वडा सरकारको ध्यानाकर्षण गर्दै ग्यापन पत्र बुझाइयो ११










