काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको प्रस्तावले प्रधानमन्त्री प्रचण्ड झस्किएका छन् । शुक्रबार राप्रपाको एकता महाधिवेशन समारोहमा ‘राप्रपासँग मिलौ मिलौ लाग्छ, टाढा नजानुस्’ भनेका प्रधानमन्त्रीलाई अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र ल्याउन सहयोग गर्नुस् भनेपछि आफूलाई परिवर्तनकारी शक्ति मान्ने प्रचण्ड झस्किएका हुन् ।

उसो त प्रचण्ड राप्रपासहित पूर्वराजा र पूर्वपञ्चलाई प्रतिगमनकारी भन्दै आएका छन् । कतिसम्म भने उनी परिवर्तनका उपलब्धिहरु धरापमा परेको र प्रतिगमनकारी सल्बलाइरहेको बताउने गरेका छन् ।

तर, शुक्रबार राप्रपालाई शुभकामना दिन गएका प्रचण्डले भावुक भएर ‘मिलौ मिलौ लाग्छ’ भनिदिए । जवाफमा कमल थापाले पनि राजसंस्था फर्काउने प्रस्ताव गरे । जसले प्रचण्डलाई झस्कायो ।

थापाले प्रचण्डको आमुल परिर्वतन र आफूहरुको परम्परागत मूल्य मान्यताबीच सामजश्यता खोज्ने प्रस्ताव राख्दै राजसंस्थासँग नझस्कन गणतन्त्रवादीहरुलाई आग्रह समेत गरे ।

थापाले यसअघि पनि एक अन्तर्वार्तामा परिवर्तनकारी शक्तिलाई मिलाएरै, सबैको चित्त बुझाएरै राजसंस्था पुनर्स्थापना गरिने बताएका थिए । यसका लागि संविधान र कानूनी परिधीभित्र रहनेगरी राजसंस्था पुनर्स्थापित गरिने उनको भनाई थियो ।

संविधान संशोधनमा साथ खोजेका प्रचण्डसँग थापाले राखे झस्काउने प्रस्ताव

हुन त कम्युनिष्टहरु राजसंस्थाको नाम लिनेवित्तिकै पछिल्लो समय तर्सिने गरेका छन् । उदाहरणका लागि केही हप्ता अघिको कुरा गरौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको परिस्थितीप्रति चिन्ता जनाउँदै ‘अब सम्पूर्ण नेपाली जाग्नुपर्ने बेला आयो’ भन्ने आशयको विज्ञप्ति जारी गरे । त्यसको एक घण्टामै पूर्व माओवादी नेता बाबुराम भट्टराईले आत्तिदै ज्ञानेन्द्रलाई कहिलेसम्म छुट ? भन्दै जेल हाल्नेसम्मको प्रतिक्रिया दिए । त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकमा पनि दरबार हत्याकाण्ड पुनः छानविन गर्ने र ज्ञानेन्द्रलाई जेल हाल्नेसम्मको कुरो उठ्यो । त्यस्तै हरेक कार्यक्रममा उपस्थित हुँदा प्रधानमन्त्री प्रचण्डले प्रतिगमनकारी सलबलाइरहेको बताउने र परिवर्तनका उपलब्धिहरु खतरामा परेको भन्दै सचेत रहन आह्वान गर्दै आइरहेका छन् ।

पछिल्लो समय मधेसका समस्या समाधानका लागि संविधान संशोधन प्रस्तावको प्रसंग पनि चलिरहेको छ । प्रस्ताव संसदमा दर्ता भइसकेको छ । र, अब यसलाई पास गर्न दुई तिहाई मत आवश्यक छ । प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा छ ।

यस्तो अवस्थामा ३७ सीट भएको राप्रपाको समर्थन सरकारलाई अति आवश्यक छ । यसका लागि प्रधानमन्त्री प्रचण्डले पटक पटक राप्रपा अध्यक्ष थापासँग समर्थन गर्न र सरकारमा आउन प्रस्ताव गर्दै आएका छन् । तर, राप्रपाले अस्वीकार गर्दै आएको छ । संसदको चौथो शक्ति राप्रपाको समर्थन जुटाउन प्रचण्ड लागिपरेका छन् । यसैक्रममा शुक्रबार एकता महाधिवशेनमा अवेर पुगेका प्रधानमन्त्रीले साथ दिन फेरि आग्रह गरे । प्रचण्डको आग्रहमा अध्यक्ष कमल थापाले उल्टै राजसंस्थाको कुरा निकालेर झस्काउने प्रस्ताव गरे ।

आगामी निर्वाचनमा तेस्रो शक्तिको रुपमा हेरिएको राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थालाई पुनःस्थापित गर्ने एजेण्डा बोक्ने राप्रपाका सह प्रवक्ता किरण गिरी बताउँछन् । उनी भन्छन्- ‘हिन्दू राष्ट्रको एजेण्डामा सबै एकमत छन् । राजसंस्थाको टुंगो महाधिवेशनले लगाउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah