दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएकाे छ।
सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। रासस










