एजेन्सी – फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ ।यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ ।तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज प्रापकले नदेख्ने गरी हटाउन सकिने छ । नत्र सो मेसेज पाउने व्यक्तिको च्याटबक्सबाट हट्ने छैन् ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो च्याटबक्समा भने यो फिचर लामो समयदेखि नै उपलब्ध राखेका थिए । जुकरबर्गले कसैलाई पठाएका मेसेजहरु प्रापकको च्याटबक्सबाट समेत हटाइदिने गरेको कुरा सार्वजनिक भएसँगै फेसबुक प्रयोगकर्ताहरुले यस्तो फिचर सबैका लागि उपलब्ध गराउन माग गरेका थिए ।त्यसपछि मंगलबार आएर फेसबुकले यो फिचर सबै फेसबुक प्रयोगकर्ताका लागि सार्वजनीक गरेको हो । डिलेट गर्न चाहेको म्यासेज दश मिनेट भित्र क्लिन गर्नुहोस् ।त्यहाँ रिमुभ अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् ।त्यहाँ रिमुभ फर यू र रिमुभ फर इभरीवन अप्सन देखिनेछ ।रिमुभ फर इभरीवनमा क्लि गर्नुहोस् ।म्यासेज सबैका लागि डिलेट हुनेछ ।