नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क आफूखुसी नबढाउन  इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

केही इन्टरनेट सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महशुलदर आफू खुसी बढाएका छन्। प्राधिकरणले भने महशुल बढाउने गरी कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुशी इन्टर्नेट सेवाको शुल्क/महशुलदर बढाउनु दूरसञ्चार ऐन,२०५३ तथा प्रतिस्पर्धा प्रबर्द्धन तथा बजार संरक्षण ऐन,२०६३ विपरित हुने प्राधिकरणले जनाएको छ।

शुल्क/महशुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृत सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महशुल बढाउन पाउने व्यवस्था छ।

‘प्राधिकरणबाट कुनै पनि इन्टर्नेट सेवाप्रदायकले स्वीकृत शुल्क/महशुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टर्नेट सेवाको विद्यमान् स्वीकृत शुल्क/महशुलदर भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्करमहशुलदर बढाउन इन्टर्नेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पस्ट हुन सम्बन्धितलाई जानकारी गराइन्छ।

साथै  कुनै उपभोक्ताहरुलाई स्वीकृत महशुलदरभन्दा बढी शुल्क/महशुलदर लिने गरी बिलरबिजक जारी गरिएको भए सो को जानकारी  प्राधिकरणलाई उपलब्ध गराइ दिनु हुन समेत अनुरोध गरिन्छ,’प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय