उर्लाबारी । राष्ट्रपति विद्यादेवी भण्डारी भोली उर्लाबारी आउँदै हुनुहुन्छ । उहाँ राधिका माबि उर्लाबारी–६ को राधिका माबिको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ ।

उहाँ भोली करिब २ बजे कार्यक्रम स्थल आइपुग्ने कार्यक्रम रहेको छ । उहाँले स्वर्ण महोत्सवको उद्घाटन गर्दै आफ्ना भनाई राख्नुहुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बोल्ने कार्यक्रम रहेको बुझिएको छ । राष्ट्रपति करिब १ घण्टा उर्लाबारीमा रहनुहुनेछ ।