झापा । धनकुटाको चौविसे गाउँपालिका ८ मासिङटारमा मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोही स्थानको भित्री सडक खण्डमा को १५ प ३७६४ नम्बरको मोटरसाईकल सिक्ने क्रममा अनियन्त्रित भई सडकबाट १२ मिटर तल खसेर दुर्घटना हुँदा सोही स्थान बस्ने २४ बर्षीय मिलन कार्की घाइते भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परि गम्भीर घाइते कार्कीलाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा उनको विहीवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।