६९ औं प्रजातन्त्र दिवसको अवसर पारेर झापाका विभिन्न ठाउँमा सरसफाई गरिएको छ । दमक नगरपालिका र सरसफाइ अभियान दमकले झापाको दमकमा बृहत सरसफाइ अभियान अन्र्तगत राजमार्ग र आसपासको क्षेत्र सफाइ गरेको छ । सफाइ अभियानका महासचिब शंकर बस्नेतका अनुसार उत्साहजनक सहभागितामा सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाईएको छ । यसले फेरी सरसफाइमा यहाँ रहेका संघसंस्थाहरुमा जागरुपता ल्याएको उनले बताए ।

दमक सरसफाईमा झापा सरसफाइ अभियानका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, दमक नगरपालिकाका प्रमुख युबराज दाहाल, शसस्त्र प्रहरी बल पाथिभरा गणका गणपति प्रेमबहादुर पोख्रेल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु, प्याप्सन झापाका अध्यक्ष कोशराज प्याकुरेल,आम्दा अस्पतालका प्रमुख डा.नवीन ढकाल लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी झापाको लखनपुरमा पनि सरसफाइ भएको छ । गाबिसको संयोजनमा लायन्स क्लव अफ लखनपुर र लियो क्लव अफ लखनपुरको सहभागिता सरसफाइ कार्यक्रम भएको हो । लायन्स क्लव अफ लखनपुरका अध्यक्ष धर्मानन्द भट्टराइका अनुसार स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।