उर्लाबारी । दुई सामुदायिक बिद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउने कार्यक्रम अन्तिम समयमा आएर रद्ध भएको छ ।
वर्षाका कारण मौसम बिग्रिएपछि उहाँ नआउने राष्ट्रपति निकट श्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी उर्लाबारी–६ को राधिका माध्यमिक बिद्यालय र कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागिता जनाउने कार्यक्रम रहेको थियो । कार्यक्रममा राष्ट्रपति आउने भएपछि कार्यक्रममा सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारी नआउने जानकारी पाउनसाथ सुरक्षाका लागि तैनाव आर्मी, सशस्त्र प्रहरीलगायतको ठूलो संख्याको जनपथ प्रहरी फर्किएको छ । कार्यक्रममा राष्ट्रपति आउने भएपनि उत्साहित बनेर कार्यक्रममा उपस्थितहरु पनि निरास भएर फर्किन थालेका छन् ।










