कविता खड्का भोजपुर । बजारमा नक्कली नोट कारोबारमा बृद्धि भएका घटना पटक–पटक बाहिरिन्छन् । नक्कली नोट नियन्त्रण गर्ने संयन्त्र सक्रिय भएपनि यस्ता घटना न्युनिकरण हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भोजपुर डवली मेला भर्न आएकाबाट ४ हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख केशव कुमार थेवेले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रमुख थेवेले वताए । अन्यको पनि संलग्नता हुने आंशका अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डवली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकोले प्रहरीले सवैलाई सजक रहन समेत आग्रह गरेको छ ।